समाजसेवी घिमिरेले मनाइन् अनाथ बालबालिकासँग आफ्नो जन्मदिन

काठमाडौँ । समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच बिहीबार आफ्नो जन्मदिन मनाएकी छन्।

समाजसेवी घिमिरेले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन्। साथै, उनले बालबालिकाहरूसँगै केक काटेर खुसियाली साटासाट गरेकी थिइन्। संस्थाका अध्यक्ष तिल बहादुर कार्कीले संस्थामा ५२ बालबालिका रहेको र आफूहरूले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए।

समाजसेवी घिमिरेले जन्मदिनको अवसरमा साथीभाइसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभूति महसुस गरेको बताइन्। ‘मैले वर्षैपिछे यसरी नै जन्मदिन मनाउँदै आएको छु, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकी हुँ’, उनले भनिन्।

घिमिरेले स्थानीय नेता, समाजसेवी, सञ्चारकर्मी र कलाकारहरुका साथमा जन्मदिन मनाएकी हुन्। उपस्थितहरूले समाजसेवी घिमिरेले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए। ‘ज्योति घिमिरे’ समाजसेवाको माध्यमबाट विभिन्न राष्ट्रिय सम्मान समेत पाउन सफल एक सुपरिचित नाम हो, महिला सशक्तीकरण, स्वरोजगार, आत्माविश्वासलाइ ससक्त रूपमा अगाडि बढाउँदै आएकी उनी एक निडर तथा सामाजिक अभियन्ताको रूपमा परिचित छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *