म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु: देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्किन लागेको बताएका छन् ।
४४औँ बीपी स्मृति दिवसको अवसरमा सन्देश जारी गर्दै उपचारका क्रममा हाल सिंगापुरमा रहेका देउवाले नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको उल्लेख गरेका हुन् ।
देउवाले सन्देशमा लेखेका छन्, ‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु ।’
उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग आग्रह गरेका छन् ।
देउवाले आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणप्रतिको विश्वास पुनः दिलाउँदै स्वदेश फर्कन लागेको बताएका छन् ।








