साहित्यको गहिरो बुझाइबाट मात्रै पूर्ण राजनीतिज्ञ बन्न सकिन्छ: गुरु घिमिरे

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्ने बताएका छन् ।
मंगलवार राजधानी काठमाडौंमा आफ्ना पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो बताएका हुन् । उनले साहित्यको गहिरो बुझाइ भएको व्यक्तिले मात्र राजनीतिक रुपमा उचाई प्राप्त गर्नसक्ने बताए।उनले वीपी कोईरालाको राजनीति र साहित्य दुवै क्षेत्रमा समान उचाइ रहेको रहेको बताउदै कोइरालालाई राजनीतिबाट अलग गरिए नेपालको राजनीतिक इतिहास र साहित्यबाट अलग गरिए नेपालको साहित्य आका नै अधुरो हुने बताए ।
महामन्त्री घिमिरेले नेपाली समाजले खुलेर अभिव्यक्त गर्न कठिन ठानेका विषयलाई साहित्यमार्फत उजागर गरेको तथा पलायनवादी चिन्तनलाई नेपाली साहित्यमा प्रयोग गर्ने पहिलो साहित्यकारका रूपमा कोइरालाको योगदानलाई स्मरण गरे । उनले नेपाली काँग्रेसको राजनीति पूर्णतातर्फ अघि बढिरहेको दाबी समेत गरे ।








