एनएमबि बैंकको नयाँ योजना: सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सार्वजनिक

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ ।
देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।
सातै प्रदेशका लागि सात वटा विशेष बचत खाता योजना सार्वजनिक गरेको एनएमबि बैंकले जानकारी दिएको छ । यसअन्तर्गत कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध जन्मभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् ।
बैंकका अनुसार डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क भिसा डेबिट कार्ड, साथै निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा प्राप्त गर्नेछन् । यसका अतिरिक्त अन्य धेरै आकर्षक सुविधाहरू पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।
यस बचत खाताको सुरुवातसँगै एनएमबि बैंकले देशका सबै भागमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने आफ्नो लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ ।








