बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्गीलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र रु. १० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका उनलाई आज बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। आज एक सूचना जारी गरी ब्यूरोले उनको पक्राउ भएको जानकारी गराएको हो।

अदालतले यसअघि सुनाएको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा अभियुक्तलाई पेश गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *