नेपाल आउँदै भारतीय गायक सान, आफ्ना सर्वकालीन हिट गीतहरू पस्कने

काठमाडौँ । भारतीय चर्चित पार्श्वगायक सान विशेष साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन् ।

उनी नेपालकै ठुलो इन्डोर भेन्यु क्लब नोभामा आयोजना हुने साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

उक्त कार्यक्रम अगामी भदौ ६ गते आयोजना हुने छ । जसमा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा उनले ‘मुसु मुसु हाँसी देउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’, ‘जब से तेरे नैना’, ‘वो लड्की है कहाँ’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ लगायतका आफ्ना चर्चित गीतहरू गाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =