बक्स अफिस रिपोर्ट: ‘भागदौड’को कमाइ झन्डै १ लाख
२०८३ साउन ४ गते

काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ ।
सिनेपा:@बक्सअफिसले २०८२ श्रावण ३ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार यस साताको बक्स अफिसमा चलचित्र ‘रोल नं. १’ ले कुल १,७८,२३,९०८ रुपैयाँ आम्दानी गरेको छ । अभिनेता मुकुल भुसालको मुख्य अभिनय रहेका यस चलचित्र गत जेठ १५ (मे २९) गतेदेखि प्रदर्शनमा आएको थियो ।
‘रोल नं. १’ को जम्मा ७१,३६९ वटा टिकेट बिक्री भएको छ ।
त्यस्तै गत असार २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘भागदौड’ बक्स अफिसमा कमजोर देखिएको छ ।
यस चलचित्रले ४०९ वटा टिकेट बिक्री गर्दै कुल ९२,९९५.६४ रुपैयाँ आम्दानी गरेको छ ।

२०८३ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








