खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्चतम् बिन्दुमा : एफएओ

रुस-युक्रेन बीचको युद्ध र बेमौसमी घटनाका कारण संसारभरि नै खाद्यान्नको मूल्य निरन्तर बढिरहको छ । खाद्य र कृषि संगठन (एफएओ) को नयाँ रिपोर्टका अनुसार फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्वभरि नै खाद्यान्नको मूल्य लगभग १३ प्रतिशतले बढेको छ । यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धि बताइएको छ ।

एफएओले केही दिन अगाडि जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, “एउटा ठूलै फड्को मारेर विश्वभरिनै खाद्यान्नको मूल्य मार्च महिनामा उच्चतम विन्दुमा पुगेको छ ।” रुस-युक्रेन युद्धका कारण यो मूल्यवृद्धिको सम्भावना पहिले देखिनै अनुमान गरिएको थियो ।

एफएओले आफ्नो नयाँ खाद्यान्न मूल्य सूचकांक रिपोर्टमा भनेको छ, “ब्ल्याक सी क्षेत्रमा भएको युद्धका कारण अन्न र वनस्पति तेलको मूल्य अत्यधिक वृद्धि भएको छ ।”

रिपोर्टका अनुसार मार्चमा औसत सूचकांक १५९.३ अंक थियो, जुन फेब्रुअरीभन्दा १२.६ प्रतिशत बढी हो । १९९०, फेब्रुअरीदेखि नै एफएओ विश्व खाद्यान्नको मूल्यको निगरानी गरिरहेको छ, र अहिलेको मूल्यलाई त्यतिबेला अर्थात् ३२ वर्षकै सबैभन्दा उच्चतम् स्तर बताएको छ । अहिलेको मूल्यलाई मार्च २०२१ को मूल्यसँग तुलना गर्ने हो भने अहिलेको मूल्य ३३.६ प्रतिशतले बढी छ ।

रुस र युक्रेन विश्वभरि कै गहुँ र मकैको क्रमशस् ३० प्रतिशत र २० प्रतिशत निर्यात गर्छन् । एफएओका अनुसार मकैको मूल्य पनि बढिरहेको छ । मकैको मूल्यमा फेब्रुअरीमा मात्र १९.१ प्रतिशतले बढेको छ ।

एफएओ भन्छ, “युक्रेनका बन्दरगाह बन्द भएकाले त्यहाँबाट निर्यात सीमित मात्र भइरहेको छ भने रुसी संघको निर्यातमा अनेकन बाधा छन् ।” यो स्थिति अझै निरन्तर हुने अनुमान लगाइएको छ र आगामी दिनमा मूल्य अझै बढने छ ।

खाद्यान्न मूल्य सूचकांकका बारेमा आफ्नो विस्तृत नोटमा एफएओ भन्छ, ब्ल्याक सी क्षेत्रमा शिपमेन्टमा आएको कमीका कारण निर्यातमा ठूलै नोक्सानी भएको छ र त्यसबाट विश्वव्यापी रूपमा मूल्य बढेको छ, अर्कोतिर आयातमा कमी आएको छ भने माग बढेको छ ।विशेष गरी त्यस्ता देशमा मूल्य बढेको छ जहाँ खाद्यान्नको भण्डारण कम छ ।

युद्धकै कारण भएका व्यवधानले गर्दा सूर्यमुखीको तेलको मूल्य पनि बढेको छ । एफएओ भन्छ, “एफएओ वनस्पति तेल मूल्य सूचकांक २३.२ प्रतिशतले बढेको छ । यसमा सूर्यमुखीको तेलको मात्रा अधिक छ, किनकी युक्रेन सारा दुनियाँमा सूर्यमुखीको तेलको निर्यात गर्छ ।

एफएओका महानिदेशक क्यू डोंग्युले एक बयान जारी गर्दै खाद्यान्नका दुई प्रमुख निर्यातक देशका बीचमा भएको युद्धका कारण विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढ्न सक्छ भनेर उल्लेख गरेका छन् । स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *