माओवादी महाधिवेशन:

बन्दसत्रमा २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीकाे केन्द्रीय सदस्यहरूकाे नाम घाेषणा गर्दै छन् । प्रज्ञा भवनमा जारी ८‍औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे बन्दसत्रमा प्रचण्डले २३६ सदस्यहरूका नाम घाेषणा गर्ने भएका हुन् ।

माओवादी केन्द्रकाे २९९ सदस्यीय केन्द्रीय समिति हुने छ । समितिका बाँकी सदस्यहरू पनि सम्भव भएसम्म विधानअनुसार लगत्तै मनाेनीत गर्ने तयारी गरिएकाे छ । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गर्ने तयारी गरेका छन् ।

ती नामहरू सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाट सदस्य चयन हुनेछन् । माओवादीकाे केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष विष्णुपुकार श्रेष्ठकाअनुसार चित्त नबुझे निर्वाचन लड्न सकिने बाटाे खुला रहेकाे छ ।

माओवादीमा १५४ जना समानुपातिक र १४५ जना सदस्य चयन हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *