माओवादी महाधिवेशन:

माओवादी केन्द्रीय सदस्यको नामावली बन्दसत्रमा, चित्त नबुझे निर्वाचन लड्न सकिने

८औं दिनकाे बन्दसत्र शुरू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्यहरूको नामावली तयार भएको छ । उक्त नामावलीको सूची बोकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्दसत्रमा प्रवेश गरेका छन् ।

८औं राष्ट्रिय महाधिवेशनको ८औं दिनको बन्दसत्र प्रज्ञा भवनमा भर्खरै शुरू भएको छ । प्रचण्डका सचिवालयका एक सदस्यकाअनुसार केन्द्रीय सदस्यहरूको नाम टुङ्गो लागेको हो । त्यसलाई बाेकेर प्रचण्ड बन्दसत्रमा प्रवेश गरेका छन् ।

बन्दसत्रभित्र केन्द्रीय सदस्यहरू चयनपछि त्यहीँभित्रबाट पदाधिकारी छनोट गर्ने एक नेताले बताएका छन् । नेतृत्वको सूचीउपर कसैलाई चित्त नबुझे चुनाव लड्ने अधिकार सुरक्षित गरिएको माओवादीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोमबार बिहान ८ बजेबाट निर्वाचन हुने जनाएको छ । यद्यपि माओवादीले सर्वसम्मतिबाटै पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने कसरत गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *