माओवादी केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ । महाधिवेशनस्थल प्रज्ञा भवनमा शुरू भएको बैठकले पदाधिकारी तथा केन्द्रीस्य सदस्य चयनको प्रक्रियाबारे छलफल गर्ने छ ।

प्रचण्डका सचिवालय सदस्य रमेश मल्लकाअनुसार बैठकले पदाधिकारी तथा केनद्रीय सदस्य चयन पक्रियामा निश्चित विधि बनाउने छ । यसपछि आजको थप कार्यक्रम अगाडि बढ्ने छ । स्रोतले बताएअनुसार २९९ केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेश कमिटी दिनेबारे छलफल भइरहेको छ ।

स्रोतले भन्यो, ‘सम्भवतः केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेश कमिटीलाई जानसक्छ । प्रदेश कमिटीले छलफल गरेर आफ्नो प्रदेशबाट केन्द्रीय सदस्य बन्ने नेताहरूको नाम सिफारिस गर्न सक्छन् । यसबारे स्थायी कमिटी बैठकले थप निर्णय र तयारी गर्नेछ ।’

माओवादीमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था माओवादी विधानले गर्नेछ ।

माओवादीको आज ६औं दिनको बन्दसत्र शुरू हुँदैछ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिहरूले उठाएका प्रश्नहरूकाे जबाफ दिँदैछन् । यसअघि हिजो २५ वटै समूहका टोली नेताहरूले आ–आफ्नो तर्फबाट सुझावसहितको ‘रिपोर्टिङ्ग’ गरिसकेका छन् । यसमाथिको प्रचण्डले जबाफ आजको बन्दसत्रमार्फत दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *