प्रतिवेदनमा फरक मत

‘प्रचण्डको प्रतिवेदनले वाम बाटो समातेन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनले ‘वाम बाटो’ समात्न नसकेकाे टिप्पणी गरेका छन् । प्रचण्डको प्रतिवेदनमा फरक मत राख्दै नेता न्यौपानेले यस्तो टिप्पणी गरेका हुन् । ‘यो प्रतिवेदनले वाम बाटो समातेको छैन,’ उनले भनेका छन्, ‘दक्षिणपन्थी संशोधनवादी दिशामा सोझिएको प्रतिवदेन माओवादी कम्युनिष्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ?’

शान्तिपूर्ण प्रतिस्पर्धाबाट दुनियाँमा कहीँ पनि समाजवाद नआएकाे न्यौपानोको जिकिर छ । ‘शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना न छ,’ १० बुँदे फरक मतमा उनले भनेका छन् ।

यसअघि नेता राम कार्कीले पनि पूरक प्रस्ताव जारी गरेका छन् । उनले आफ्नो प्रतिवेदनलाई पार्टीले सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् । प्रतिवेदन ‘फ्लोर’ मा वाचन गर्न दिने कि नदिने भन्नेबारे स्थायी कमिटीले निर्णय गर्ने एक नेताले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *