माओवादी महाधिवेशन:

दस्तावेजमाथिकाे प्रस्तुतीकरण सकियाे, भाेलि प्रचण्डले जवाफ दिने

काठमाडाैँ । माओवादी केन्द्रकाे ८‍औं राष्ट्रि महाधिवेशनअन्तर्गतकाे ५औं दिनकाे बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका राजनीतिक दस्ताबेज र नेता देव गुरुङले प्रस्तुत गरेका विधान मस्याैदामाथिकाे छलफलपछिकाे प्रस्तुतिकरण सकिएकाे छ ।

यसपछि अब शुक्रबार २५ वटै समूहका प्रतिनिधिहरूले उठाएका प्रश्न तथा सुझावहरूकाे जबाफ अध्यक्ष प्रचण्डले दिनेछन् । स्थायी कमिटीका एक नेताकाअनुसार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुनेछ ।

प्रचण्डकाे दस्ताबेजकाे पूरक दस्ताबेजका रूपमा नेताद्वय राम कार्की र लेखनाथ न्याैपानेले प्रतिवेदन जारी गरेका छन् । अहिले प्रतिवेदनमाथिको छलफल सकिएपछि स्थायी कमिटी बैठक शुरू भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *