माओवादी महाधिवेशन:

प्रतिनिधिकाे माग : महाधिवेशनले नै पदाधिकारी टुङ्ग्याउनुपर्छ

काठमाडाैँ । माओवादी केन्द्रकाे जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे ५औं दिनकाे बन्दसत्रमा महाधिवेशनबाटै पदाधिकारी टुङ्ग्याउनुपर्ने माग प्रतिनिधिहरूले गरेका छन् । यसअघि पार्टी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय अध्यक्ष र केन्द्रीय सदस्य मात्रै टुङ्ग्याउने बताइएकाे थियाे ।

यसपछि आजकाे बन्दसत्रमा प्रतिनिधिहरूले प्रचण्डकाे ध्यानाकर्षण गरेका हुन् । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेकाे बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेस गर्ने क्रममा १३ न‍. समूहका टाेली नेता गोपाल शर्माले भनेका छन्— ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । याे के हाे ? यसलाई पनि ख्याल गरिनुपर्छ । महाधिवेशनबाटै पदाधिकारी चयन प्रक्रिया टुङ्ग्याउनुपर्छ ।’

जनवर्गीय संगठनहरूमा पनि त्यसै गर्दा बाहिर राम्राे सन्देश नगएकाे नेता शर्माकाे ठम्याइँ छ । ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन,’ उनले प्रचण्डकाे ध्यानाकर्षण गराउँदै उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *