माओवादी महाधिवेशन:

पार्टी छाडेकाहरूलाई ‘गद्दार’ घोषणा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्रमा पार्टी छाडेकाहरूलाई ‘गद्दार’ घोषणा गर्न माग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक दस्ताबेजमाथि छलफल गरेपछि समूहगत निष्कर्ष निकाल्ने क्रममा टोली नेताहरूले यस्तो माग गरेका हुन् ।

प्रदेश नं. १ समूहका टोली नेता हर्कबहादुर नेम्वाङ्गले सर्वप्रथम यस्तो माग गरेका छन् । नेम्वाङ्गलाई उद्धृत गर्दै प्रदेश नं. १ का एक प्रतिनिधिले मकालुखबरसँग भने, ‘माओवादी छाडेर एमालेमा गएका नेता रामबहादुर थापा (बादल) लगायतलाई गद्दारीहरूलाई संस्थागत गर्नुपर्छ । त्याे घाेषणा हुनुपर्छ ।’

बन्दसत्रमा लिखित ‘रिपोर्टिङ्ग’ गर्न भनिएको छ । रिपोर्टमा समेत यही कुरा लेखिएको ती प्रतिनिधिले बताए । यस्तै प्रदेश नं. १ समूहले कार्यकर्ताको मूल्याङ्कन नेताको मनोमानीमा हुने गरेको आरोप लगाउँदै त्यसलाई विधिसम्मत् बनाउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी यो समूहले संविधान निर्माणमा राखिएका फरक मत पनि सार्वजनिक गर्नुपर्ने माग नेतृत्वसँग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *