माओवादी बन्दसत्रः

लिखित ‘रिपोर्टिङ’ हुँदै, विषयबाहिर नजान निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्द सत्र जारी छ । प्रतिनिधिहरूले समूहगत रूपमा लिखित ‘रिपोर्टिङ’ गरिरहेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ ।

समूहका नेतालाई आफ्नो प्रस्तुतिका १५ मिनेट समय निर्धारण गरिएकाे छ । उनीहहरूलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखलीकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *