कांग्रेस नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण (तस्बिरहरू)

काठमाडौैँ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् ।

२४–२७ मंसिरमा काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *