अछामले ६ दशकपछि पायो कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट अछामले  ६ दशकपछि एक जना केन्द्रीय सदस्य प्राप्त गरेको छ ।
झण्डै ६१ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमितिमा अछामले स्थान बनाएको हो । बिहीबार  सम्पन्न भएको मतगणनाबाट पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्दबहादुर शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी खस आर्यतर्फबाट २०१४ मत ल्याएर  विजयी  भएका हुन् ।

२०१७ सालमा नेपाली कांग्रेसको ७ औँ महाधिवेशनबाट अछामबाट दिलबहादुर बुढ्थापा पहिलो केन्द्रीय सदस्य बनेका थिए। त्यसपछिका  कुनै पनि महाधिवेशनबाट अछाम कांग्रेसका नेता केन्द्रीय समितिमा पर्न सकेनन् । अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित पूर्वराज्य मन्त्री शाह १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

उनी २०३३ सालमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिबाट प्रभावित हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए।

२०३५ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी २०४८ साल, २०५६ सालमा अछाम क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । २०५१ सालमा नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावल र २०६४ सालमा तत्कालीन नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरसँग शाह पराजित भएका थिए । २०५५ सालमा शाह १० महिनासम्म सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *