कांग्रेसमा वरीयता : सुनिलपछि मात्रै शेखर (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको वरीयताक्रम तय भएको छ । वरीयताक्रमको सूचीअनुसार १४औं महाधिवेशनबाट निर्वाचित १३४ जना र स्वतः केन्द्रीय सदस्य हुने डा. शेखर कोइरालको नाम छ ।

पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा छन् भने दोस्रो र तेस्रो नम्बरमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ छन् । यस्तै चौंथो र पाँचौं नम्बरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन् भने सहमहामन्त्रीहरू क्रमशः फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन् ।

सहमहामन्त्रीको सूचीपछि केन्द्रीय सदस्यहरूको वरीयताक्रम शुरू हुन्छ । जहाँ यसअघि नै पदाधिकारी रहेकाहरूलाई प्राथमिकता दिइएको छ । यसपछि मात्रै चौधौं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी भइ दोस्रो उच्च मत ल्याएका शेखर छन् । वरीयता क्रममा शेखरभन्दा अघि सुनिलबहादुर थापा छन् ।

थापा केही समयअघि मात्रै राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *