कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

काठमाडाैँ ।  नेपाली कांग्रेसको प्रदेश-२ सभापतिमा संस्थापन (देउवा) पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो । निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो ।

१,९३८ मतदातामध्ये १,८८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश-२ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *