सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउँछु : महामन्त्री गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात् गरेर अझै सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने बताएका छन् । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा उनले यस्तो बताएका हुन् ।

कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरूको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय गरेको छ ।

यस्तै निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको सबै विवरण बुझाउने र अद्यावधिक गर्ने जिम्मा दिने निर्णय गरिएको थापाले जानकारी दिए । बैठकले महाधिवेशनलाई सफल पार्न भूमिका खेल्न सबैप्रति धन्यवाद व्यक्त गरेको पनि थापाले बताए । महामन्त्री थापाले पार्टीलाई विधानसम्मत् ढंगले सञ्चालन गर्न सम्पूर्ण प्रयास गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *