४३९० मतगणना : विश्वप्रकाश जितजनिक, पछ्याउँदै प्रकाशशरण

महामन्त्रीमा गगन पक्का

काठमाडाैँ ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । मतगणना पार्टी कार्यालय सानेपा, काठमाडाैँमा जारी छ । ४३९० मत गणना हुँदा गगनकुमार थापाले २८२३ मत ल्याएका छन्, उनी कांग्रेसकाे महामन्त्रीमा पक्का भइसकेका छन् । झन्डै ३०० मत गन्न बाँकी छँदा उनले ९०० भन्दा बढीकाे अग्रता लिएका छन् ।

यस्तै दाेस्राेमा कायम रहेका विश्वप्रकाश शर्मा पनि जितनजिक छन् । उनले १८२४ मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले १४५५ मत ल्याउँदा प्रदीप पौडेलले १३०३ मत र मीनेन्द्र रिजालले ७५३ मत प्राप्त गरेका छन् । राजाराम कार्की १०० मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *