४०९० मतगणना : गगन महामन्त्रीमा पक्का, विश्वप्रकाशकाे सम्भावना उच्च

काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा पक्का भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । यसाे हुँदा गगन कांग्रेस महामन्त्री पक्का भएका छन् ।

यस्तै दाेस्राेमा विश्वप्रकाश शर्मा छन् । उनले १६८५ मत पाएका छन् । उनकाे पनि सम्भावना बढ्दाे छ । यसैगरी प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *