२५२० मतगणना : गगन भारी मतले अघि, विश्वप्रकाश दाेस्राेमा

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । २५२० मत गणना हुँदा गगनकुमार थापाले १६४८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन् ।

यस्तै महामन्त्रीकै प्रत्याशीद्वय प्रकाशशरण महत र प्रदीप पाैडेलले क्रमश: ८२७ र ७४६ मत प्राप्त गरेका छन् । रक्षामन्त्रीबाट राजीनामा दिने घाेषणा गरिसकेका महामन्त्रीकै प्रत्याशी मीनेद्रप्रसाद रिजालले अहिलेसम्म ४३६ मत मात्रै ल्याएका छन् ।

यस्तै राजाराम कार्की ६४ मतमा चित्त बुझाउनुपरेकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *