रामचन्द्रलाई शेखरको बाचा- ‘सिंहले छाड्नुपर्छ, म तपाईंलाई सघाउँछु’

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापति पदको दाबेदारी नेता डा. शेखर कोइरालाले आफू उम्मेदवार नबने प्रकाशमान सिंह पनि पछाडि हट्नुपर्ने सर्त राखेका छन् । आफूले दाबी छाडे अर्का सभापतिका आकांक्षी नेता सिंहले पनि छाड्नुपर्ने कोइरालाको सर्त छ ।

सिंहलाई मनाउन आग्रह गर्दै कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘उहाँ (सिहं) लाई मनाउनुस्, मेरो समर्थन तपाईंलाई हुन्छ’ भनेर भनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा पुगेर कोइरालाले पौडेललाई यस्तो प्रस्ताव राखेका हुन् ।

अहिले संस्थापनइतर पक्षबाट तीनजना [पौडेल, सिंह र कोइराला] सभापतिको आकांक्षी छन् । उनीहरूबीच सहमति हुन सकेकाे छैन । उनीहरू तीनैजनाले पछाडि नहट्ने बताएपछि साझा उम्मेदवार छान्न संस्थापनइतर पक्षलाई सकस परिरहेको छ ।

संस्थापनइतर पक्षबाटै सभापतिका अर्का आकांक्षी नेता शशांक कोइरालाले भने यसअघि नै आफ्नो दाबी छाडेर पौडेललाई नै सभापतिकाे उम्मेदवार बन्न प्रस्ताव गरेका छ्न् । यसपछि साझा उम्मेदवार टुङ्ग्याउने भन्दै भन्द्र बुधबार बसेको बैठकमा पौडेलले ‘साझा उम्मेदवार नछानिए राजनीतिबाटै बिदा लिन्छु’ भनेर चेतावनीपूर्ण बाेलेका थिए ।

यसपछि कोइरालाले पौडेललाई सिंहलाई मनाउन भन्दै आफ्नो मसर्थन पाैडेललाई नै हुने बताएका हुन् । युवा नेताहरूले नेतृत्व तहका नेताहरूलाई साझा उम्मेदवार नछाने कांग्रेसमा पुस्तान्तरण नहुने स्मरण गराउँदै सहमति नभए आफूहरूले नै प्यानल बनाइदिने चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *