कांग्रेस महाधिवेशन:

सहकार्य गर्न सिटौलालाई पौडेलको प्रस्ताव, सिटाैलाले भने- सहकार्यको आधार तय गराैँ

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सहकार्यको प्रस्ताव राखेको छ । जिल्ला र प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवासँग मिलेका सिटौलालाई संस्थापनइतर पक्षले महाधिवेशनमा सहकार्यको औपचारिक प्रस्ताव गरेको हो । प्रस्ताव लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल आफैँ सिटौला निवास पुगेका थिए

स्राेतकाअनुसार पौडेलले सिटौलालाई कांग्रेसमा नेतृत्व फेर्नुपर्ने पक्षमा आफूहरू सँगै रहँदै आएकोमा महाधिवेशनमा देउवाको पक्षमा उभिनुको कारण सोधिखोजी गरेका थिए । पौडेलले हिजो वैचारिक रूपमा एकै ठाउँमा रहेको स्मरण गराउँदा अब पार्टीलाई रुपान्तरण गर्न नेतृत्व परिवर्तनकाे विकल्प छैन भन्ने निष्कर्ष निकालेकाले पनि आपूहरू सँगै उभिनुपर्ने बताएका थिए ।

जवाफमा सिटौलाले सहकार्य गर्ने प्रस्ताव राम्रो भएको भन्दै यसको आधार कसरी तयार हुनसक्छ भन्ने कुरा पनि महत्वपूर्ण हुने भन्दै यसका लागि थप छलफल गरेर तय गर्न सकिने बताएको स्राेतले जनाएकाे छ ।

थप छलफल गर्नेबारे पौडेल र सिटौला दुवै सहमत भएको छन् । पौडेलले आफू पक्षका नेताहरूकाे बैठककै क्रममा सिटौलालाई चण्डोलस्थित उनको घरमै भेटेर सहकार्यको प्रस्ताव गरेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =