आफ्नाे पक्षकाे बैठक छाडेर रामचन्द्र पुगे सिटौला निवास

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन् । खाना खान भनेर बैठकस्थलबाट बाहिरिएका पाैडेल सिटाैला निवासमा चलिरहेकाे बैठकमा पुगेका हुन् ।

महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ । सिटाैलाले आफ्नाे समूहका नेताहरूसँग छलफल गरिरहेका छन् । साेही बैठकमा नेता पाैडेलसमेत पुगेका हुन् । आजको छलफलबाट सिटौलाले आफैँले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय लिँदैछन् ।

यद्यपि सिटौलाले बहालवाला सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चितप्राय: भइसकेको छ । सिटौला आफैँले सभापति पदमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन् । क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरू चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहबीच गठबन्धन बनेकाे थियाे ।

१३औं महाधिवेशनमा पनि देउवालाई सहयाेग गरेर सिटाैलाले यसपटक पनि उनैलाई सघाउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *