पुनः मतगणना गर्न माग गर्दै गुरुराजले दिए निवेदन

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश -१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ । दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।

मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले बताए । ‘पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएको छु,’ उनले भने, ‘परिणाममा मलाई चित्त बुझेको छैन ।’

पौडेल-कोइराला पक्षका घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका छन् । महामन्त्रीमा संस्थापनइतरका उमेश थापाबाहेक अरू पदाधिकारीमा संस्थापनका उमेदवार निर्वाचित भए । शनिबार भएको मतदानको मत गणनापछि सार्वजनिक भएको मत परिणामबाट घिमिरेले ८४२ र उद्धव थापाले ८४४ मत पाएका थिए ।

याे पनि : कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी, गुरुराज दुई मतले पराजित

पाएको मतबाट २ मत बढी पाउँदै थापा विजयी भएको घोषण निर्वाचन समितिले बिहान साँढे ३ गरेको थियो । निर्वाचन समितिले घोषणा गरेको परिणाम चित नबुझेपछि घिमिरेका समर्थकले परिणाम घोषणा हुँदै गर्दा नाराबाजी गरेका थिए ।देउवा-सिटौला पक्ष र पौडेल-कोइरालाको पक्षको बनेको प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो ।

त्यसलगत्तै बिहान घिमिरेले निर्वाचन समितिमा मत परिणाम चित नबुझाएर पुन: मतगणनाको माग गर्दै समितिमा निवेदन दिएको निर्वाचन अधिकृत भरत थापाले मकालुखबरलाई जानकारी दिए । थापाका अनुसार छलफल गरेर मत गणना गर्ने नगर्ने भन्ने निष्कर्षमा पुगिने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *