कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी, गुरुराज दुई मतले पराजित

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । संस्थापनइतर (पौडेल) पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षका थापा सभापतिमा विजयी भएका हुन् ।

आज बिहान घोषणा भएको मत परिणाम अनुसार सभापतिमा थापा ८४४ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८४२ मत प्राप्त गरे ।

उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९० मत र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापनइतरका गोबिन्द प्रसाद ढुंगाना (केदार ) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन ) ले ६६९ मत प्राप्त गरे ।

महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी भएका छन् । महामन्त्री थापा भने संस्थापनइतर समूहबाट विजयी भएका हुन् । सह महामन्त्री महिलामा प्रमिला गच्छदार विजयी भइन् । सह महामन्त्रीमा खड्ग फागो र बिनोदकुमार बस्नेत विजयी भए । देउवा-सिटौला पक्ष र पौडेल-कोइरालाको पक्षकाे बनेको प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *