कांग्रेस प्रदेश सभापतिमा मेरो उम्मेदवारी बाध्यात्मक हो : बलायर

धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको संस्थापन समूहका नेताहरूको घनिभूत छलफलपछि पूर्वमन्त्री वीरबहादुर बलायर प्रदेश सभापतिको उम्मेदवार बनेका छन् ।
सभापतिका लागि पाँच जनाले उम्मेदवारी नै घोषणा गरेको अवस्थामा अन्तिममा चर्चामै नरहेका बलायर सभापतिका उम्मेदवार बन्न पुगेका हुन् ।

उनको उम्मेदवारीमा सहमति भएपछि प्रतिक्रिया दिँदै उनले प्रदेश सभापतिका लागि आफ्नो उम्मेदवारी बाध्यात्मक भएको बताएका छन् ।

सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउनका लागि सबैले आफूलाई सभापतिमा उठ्नुपर्छ भनेर जोड गरेपछि सभापतिको उम्मेदवार बनेको उनले बताए । ‘सुदूरपश्चिममा कांग्रेसको संगठनलाई सशक्त बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘अब कांग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्नुछ ।’

उनले प्रदेशका ९ वटै जिल्लामा आफनो नेतृत्वको संगठनले पाँच वर्षभित्र आगामी निर्वाचनमा नयाँ रुपातरण ल्याउनने आफनो पतिबद्धता रहेको बताए । ‘म एन्टी कम्युनिष्ट मानिस हुँ, अहिलेको देशको कम्युनिष्टको ज्यादतीविरुद्ध कांग्रेसलाई उभ्याउनु छ,’ उनले भने, ‘कम्युनिष्टलाई पराजय गर्नका लागि मेरो नेतृत्वले काम गर्ने छ ।’
कम्युनिष्टसँग सहकार्य गरिराख्दा क्षति व्यहोर्नु पर्न अवस्था नआओस् भन्न र त्यसको अन्त्यका लागि आफू उम्मेदवार बनेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *