सुदूरपश्चिमको कांग्रेस सभापतिमा बलायर भर्सेस मिश्र

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि संस्थापन पक्षबाट पार्टीका केन्द्रीय सदस्य पूर्वमन्त्री वीरबहादुर बलायर र इतर पक्षबाट कैलाली पूर्वसभापति पुराना नेता नारायणदत्त मिश्र उम्मेदवारी मनोनयन दिने तयारीमा छन् ।

संस्थापन पक्षमा सभापतिका लागि पाँच जनाभन्दा बढी आकांक्षी देखिएका भएपनि अन्तिममा पूर्वमन्त्री बलायरको पक्षमा सहमती जुटेको छ । उनी यसअघि सभापतिको चर्चामा थिएनन् ।

इतर पक्षले अन्तिम अवस्थामा आएर मात्रै उम्मेदवार खडा गरेको हो । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि बलायरलाई अगाडि सारिएपनि दुई पक्षबीच सहमति हुन सकेन । अन्तिममा दुई पक्षबीच चुनावी प्रक्रिया अगाडि बढ्ने भएको छ ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो । तर भागबन्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो ।

संस्थापन पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए ।
निर्वाचन समितिले मनोनयन दर्ताको समय २ देखि ४ बजेसम्मको समय तोकेको भएपनि अहिलेसम्म प्रमुख पदहरूमा मनोनयन सुरु भएको छैन । सदस्यका उम्मेदवारहरूले भने मनोनयन दर्ता गर्न शरू गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *