एमाले महाधिवेशन

तीन पदका १४ जनाका लागि १८ जनाको उम्मेदवारी

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा तीन पदका १४ जनाका लागि १८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समयसम्म एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । यस्तै, ६ जना उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । यस्तै सात जना सचिवमा ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूचीमा असन्तुष्टि जनाउँदै अहिलेका उपमहासचिव घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यससँगै ६ जना निर्वाचित हुने उपाध्यक्षका लागि युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ र नाम आइतबार राति घोषणा गरेका थिए। त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ।

यस्तै सात जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । ओलीले बन्द सत्रमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सचिवका रूपमा प्रस्तुत गरेकोमा भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

महाधिवेशनमा २ हजार १ सय ७५ जना प्रतिनिधि छन् । सोमबार राती ९ बजेपछि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *