९ घण्टापछि सकुशल ओर्लिन् महाकाली पुलको टावरमा चढेकी महिला

धनगढी । महाकाली झोलुङ्गे पुलको टावरको टुप्पोमा चढेकी महिला ९ घण्टापछि आफैँ सकुशल ओर्लिएकी छन् । आइतबार बिहान करिब ६ बजेतिर टावरको टुप्पोमा चढेकी ३० वर्षीया महिला सुनिता भण्डारी पुजारा दिउँसो ३ बजेतिर आफैँ ओर्लिएकी हुन् ।

उनका भाइ मनोज भण्डारीको पटक-पटकको आग्रहमा उनी पुलको टावरबाट ९ घण्टापछि ओर्लिएकी हुन् । उनले बिहान भाइलाई फोन गरेर बेलुका ६ बजे आफैँ झर्ने बताएकी थिइन् ।

सुनिता टावरबाट ओर्लिएपछि उनलाई भाइ मनोजले महेन्द्रनगरतर्फ लगेका छन् । दुई दिनअघिमात्रै उनी महेन्द्रनगरबाट चाँदनी माइत गएकी थिइन् ।

आज बिहान ५ बजे घरबाट निस्केकी उनी पुलको टावरको टुप्पोमा चढेर व्यायम गरिरहेको अवस्थामा भेटिएकी थिइन् ।

सूचना पाएपछि उनको उद्धारका लागि प्रहरी टोली जाँदा प्रहरी उद्धारका लागि टावरमा चढे हामफाल्ने चेतावनी दिएपछि प्रहरी पछि हटेको थियो । उनको धम्कीपछि टाढैबाट प्रहरीलाई उनलाई निगरानीमा राख्दै आएको थियो ।

किन चढ्छिन बारबार पुलको टावरमा ?
भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने सुनिताको माइतीघर दोधाराचाँदनी नगरपालिका-५ कुमैयाखेडा हो । उनको ९ वर्षको एक छोरा छ ।

रोजगारीको सिलसिलामा उनका पति संयुक्त अरब इमिरेट्स (यूएइ) मा छन् । करिब ६ वर्ष दोधाराको हेल्थपोस्टमा कस्मेटिक पसल सञ्चालन गरेर बसेकी सुनिता श्रीमान विदेश गएपछि ऐठपुर बस्न थालेकी हुन् ।

उनका भाइ मनोजका अनुसार उनलाई मानसिक समस्या देखिएको छ । ‘सुनिताले कहिले देउता लागेजस्तो पनि गर्छन्,’ उनी भन्छन्, ‘के भएको हो बुझ्नै सकिएको छैन ।’ उनका अनुसार सुनिताले तीन पटकसम्म झोलुङ्गे पुलको टावरमा चढ्ने बताउँदै आएकी छन् ।

‘देवीले पुलको टावरको टुप्पोमा तीन पटकसम्म चढ्नु भनेकी छन्,’ सुनिताको भनाइ उद्धृत गर्दै भाइ मनोजले भने ।

यो पनि:

को हुन् झोलुङ्गे पुलको टुप्पोमा योग गर्ने महिला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *