को हुन् झोलुङ्गे पुलको टुप्पोमा योग गर्ने महिला ?

धनगढी । महाकाली (दोधारा-चाँदनी)को झोलुङ्गे पुलको टुप्पोमा देखिएकी महिला आइतबार बिहानै फेरि पुलको अर्कोतिरको टावरको टुप्पोमा देखिएकी छन् । यस पटक उनी चाँदनीतर्फको तेस्रो ठूलो टावरमा देखिएकी हुन् ।

बिहानै टावरको टुप्पोमा देखिएकी उनी योग गरिरहेको अवस्थामा देखिएकी हुन् । टावरमा बसेर उनी सूर्य नमस्कारलगायत विभिन्न आसनमा योग गरिरहेकी थिइन् ।  ती महिलाका भाइ मनोज भण्डारीका अनुसार उनी बिहान ५ बजे घरबाट निस्केकी थिइन् । ६ बजेतिर पुलको टावरमा चढेकी हुन् ।

प्रहरी र स्थानीयले टावरबाट तल आउन आग्रह गर्दा उनले तलबाट सबैलाई हटाएपछि मात्रै आफै ओर्लिने भनेको उनले बताए । उनका अनुसार उनलाई फोन गरेर ती महिलाले तल प्रहरी र अरू कोही नभएको अवस्थामा मात्रै ओर्लिने बताएकी हुन् ।

फोनबाट दिदीसँग भएको कुराबारे भण्डारीले भने, ‘म आफै बेलुकी ६ बजे ओर्लिन्छु, तलबाट नहटे हाम फालिदिन्छु भनिन् ।’ अघिल्लो पटक महेन्द्रनगरतर्फको तेस्रो ठूलो टावरमा चढेकी उनलाई प्रहरीले उद्धार गरेका थिए ।

त्यति बेला उनले टिकटक बनाउनका लागि टावरमा चढेको र तीन पटक टावरमा चढ्ने भनेकी थिइन् । भीमदत्त नगरपालिका ६ ऐठपुर घर भएकी ती महिलाको माइत दोधारा चाँदनी नगरपालिका ५ कुमैयाखेडा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *