लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन

काठमाडौं । कोशी प्रदेशमा लैङ्गिक हिंसा र समानता तथा सामाजिक समावेशीकरणको अवस्थाबारे आजदेखि विराटनगरमा प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ ।

सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले किशोरीहरुको सशक्तीकरण, अपाङ्गता लक्षित कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा सञ्चालन भइरहेको पनि बताए ।

मन्त्रालयका सचिव उद्धव रिजालले लैङ्गिक हिंसा निवारणका लागि सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरी रु एक/एक लाख बजेट चालु आर्थिक वर्षदेखि उपलब्ध गराइएको बताए ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशमा लैङ्गिक हिंसा (जीवीभी) र लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) को अवस्था, विश्लेषण र समीक्षा हुने मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले जानकारी दिइन् ।

सम्मेलनमा सबै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुले पालिकागत रुपमा समूहगत प्रस्तुति रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =