अभियन्ता वेदिका केसी पक्राउ, अनुसन्धानका लागि म्याद थप

काठमाडौं । अभियन्ता वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैलाएको भन्दै उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दिलिप कुमार अधिकारीले जानकारी दिए ।

एक महिलाको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि साइबर ब्युरोको प्रहरीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप गरेको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने केसी पछिल्लो समय मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्दै आएकी थिइन् ।

वेदिकाले सामाजिक सञ्जालमार्फत आफूले गलत ठानेका गतिविधि र कथितरुपमा ‘माता’ भनिएकाहरूको गतिविधिमाथि प्रश्न उठाउँदै भण्डाफोर अभियान सञ्चालन चलाएकी थिइन् ।

उनले सामाजिक सञ्जालतर्फ सनातन धर्मको पक्षमा बोल्दै भिडियोहरु बनाउँदै आएकी छन् । यस क्रममा १७ घण्टाअघि मात्रै टिकटकमा एक भिडियो पोष्ट गर्दै उनले आफूले सनातन धर्मका पक्षमा बोल्दा धर्म विरोधीहरुले आफूबारे अफवाह फैलाएको भन्दै उनीहरु विरुद्ध कानुनी उपचारमा गएको बताएकी थिइन् । यस क्रममा उनी आफै पक्राउ परेको खबर सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =