कलाकार निशा घिमिरेको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौँ । कलाकार नीशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बिहीबार बिहान पशुपति आर्यघाटमा निशाको अन्त्येष्टि गरिएको हो ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेकाे बुधबार साँझ ६:५१ बजे निधन भएको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर आईसीयूमा राखिएको थियो । खाना पनि पाईपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरूसमेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पताल प्रशासनले जनाएको थियो ।

अभिनय सिक्न भारत गएकी निशा त्यहाँ सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् । भारतबाट घर ल्याइएपनि उपचार अभावमा ललितपुरस्थित घरमै रहेकी घिमिरेलाई गत जेठ २७ गते नर्भिक अस्पतालमा ल्याएर निःशुल्क उपचार थालिएको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो ।

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको तर सबै प्रयासका बाबजुद घिमिरेको निधन हुन पुगेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । निशाले विभिन्न गीतमा मोडलिङ गरेकी छन् ।

याे पनि
निशा घिमिरेको स्वास्थ्य अवस्था स्थिर : ३ महिनामा अपेक्षित सुधार देखिएन
निशा घिमिरेको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन, प्रतिक्रिया जनाउन थालिन्
निशाको स्वास्थ्यमा सुधार, संगीत थेरापी दिइँदै 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *