‘मलाई बोल्न दे सरकार’ भन्दै अखिल नेपाल युवक संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ ।
आइतबार माइतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले बालेन–सुधनको अराजकता, सुकुम्वासी जनताको उठिबास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार मुर्दावाद लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन जनाएका हुन् ।
सरकारले व्यवस्थापन गर्ने भन्दै काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा राखेको थियो । तर ३ महिना बितिसक्दा पनि व्यवस्थापन गर्न नसकेको र २५ हजार रुपैयाँ दिएर आफ्नो आफ्नो व्यवस्थापन गर्नु भन्ने निर्देशन दिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
शुक्रवार राति कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि उनीहरूको झनै बिचल्ली भएको छ ।
तस्बिरहरू: अनुप प्रधान/न्युज एजेन्सी नेपाल









