प्रकृति र सहर एकै फ्रेममा अटाउने डाँडा गाउँ (तस्बिरहरू)

काठमाडौँ। सहरको व्यस्त जीवनबाट केही समय टाढिएर शान्त वातावरण, हरियाली जङ्गल र मनोरम दृश्यमा रमाउन चाहनेहरूका लागि डाँडा गाउँ पछिल्ला केही वर्षयता लोकप्रिय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिका–५ स्थित डाँडा गाउँ, बुढानीलकण्ठ मन्दिरबाट करिब १० किलोमिटरको दूरीमा रहेको छ। समुद्री सतहबाट करिब १ हजार ९ सय ५० मिटर उचाइमा अवस्थित यो गाउँ प्राकृतिक सौन्दर्य, शीतल हावा र शान्त वातावरणका कारण विशेष आकर्षणको केन्द्र बनेको छ।

तामाङ समुदायको रैथाने बस्ती रहेको डाँडा गाउँमा पछिल्ला वर्षहरूमा पर्यटन पूर्वाधार पनि विस्तार हुँदै गएको छ। यहाँ पर्यटकका लागि होमस्टे, सामान्य होटेलदेखि आधुनिक रिपोर्टसम्मको सुविधा उपलब्ध छ। विशेष गरी सार्वजनिक बिदा, सप्ताहान्त तथा पर्व–उत्सवका अवसरमा हाइकिङ, छोटो बसाइ, क्याम्प फायर तथा रात्रिकालीन जमघटका लागि आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देखिन्छ।

डाँडा गाउँबाट काठमाडौँ उपत्यकाको मनमोहक दृश्यावलोकनसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हरियाली वन, प्राकृतिक वातावरण र सूर्यास्तको अनुपम दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ। यही कारण राजधानी नजिकैको सहज र रमणीय गन्तव्यको खोजीमा रहने धेरैको रोजाइमा डाँडा गाउँ पर्न थालेको छ।

हेरौँ, डाँडा गाउँबाट कैद गरिएका केही मनमोहक दृश्यहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =