माइतीघरमा अखिल क्रान्तिकारी- ‘कालो चस्मा कालो कोट, देख्दैन जनताको चोट’(तस्बिरहरू)

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सङ्गठनहरूले काठमाडौँको माइतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

शुक्रवार उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बिहीबार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले नगर प्रहरीले बाइकमा ह्वील लक लगाएको र १० हजार जरिबाना मागको भन्दै आत्मदाहको प्रयास गरेका थिए । वीर अस्पतालमा उपचारका क्रममा उनको शुक्रवार निधन भएको हो ।

उनको निधनपछि देशका विभिन्न स्थानमा उनलाई न्याय दिन माग गर्दै प्रदर्शन भइरहेका छन् ।

माइतीघरमा पुगेका अखिलका विद्यार्थीले कालो चस्मा, कालो कोट, देख्दैन, जनताको चोट, सुकुम्वासीमाथिको बर्बर राज्य आतङ्क बन्द गर, हत्यारा सरकार मुर्दावाद, प्रधानमन्त्रीज्यू नहेर्ने, नसुन्ने, नबोल्ने ? महँगी बढाएर नागरिकको जीवनको मूल्य घटाउँदै छ: सरकार, बेरोजगार युवालाई बाच्न दे सरकार, मलाई बोल्ने दे सरकार, लोकप्रियताले मात्रै शासन सत्ता चल्दैन, नागरिकको लास, सरकारको विकास लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =