उचित मूल्य नपाउँदा आन्दोलनमा किसान, सडकमै फाले गोलभेंडा (तस्बिरहरू)

काठमाडौं । तार्केश्वर–धर्मस्थली क्षेत्रका किसानहरूले उत्पादनको उचित मूल्य नपाएको भन्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेंडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन् ।

उत्पादनको बजार सुनिश्चितता नहुँदा, बजार पहुँच कमजोर हुँदा र बिचौलियाको दबाबका कारण आफूहरू समस्यामा परेको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका हुन् ।

‘हरियो क्रान्ति’ लेखिएको ब्यानर बोकेर माइतीघर पुगेका किसानहरूले उत्पादनदेखि बजारसम्म किसानको संरक्षण गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, सहज कृषि ऋण उपलब्ध गराउनुपर्ने, समयमै मल–बिउको व्यवस्था गर्नुपर्ने, कृषि बीमा प्रभावकारी बनाउनुपर्ने र उत्पादनको सुनिश्चित बजार सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनका क्रममा किसानहरूले सडकभरि गोलभेंडा छरेर आफूहरूले खेतमा दुःख गरेर उत्पादन गरेको वस्तुले लागतसमेत उठाउन नसक्ने अवस्था आएको बताएका थिए ।

किसानहरूले कृषि नीतिमा व्यवहारिक सुधार नगरेसम्म समस्या समाधान नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =