आत्मदाहको प्रयास गरेका सहानी कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’

रौतहट । गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन् ।

गरुडा नपा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा ‘डिप्रेसन’बाट पीडित स्थानीय युवाले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मङ्गलबार राति आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले सहनीको घाँटीभन्दा मुनिको करिब ३५ प्रतिशत भाग जलेको अवस्थामा स्थानीय चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ ।

घाइते युवा डिप्रेसनको समस्यामा रहेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख गर्दै जिल्ला प्रहरी प्रवक्ता गौतमले निजको विस्तृत जानकारीसहित घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

शरीरमा पेट्रोल खन्याइ आगो लगाएको थाहा पाउनासाथ परिवारका सदस्यले उनलाई उपचारका लागि राति नै गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए ।

सो अस्पतालमा प्राथमिक उपचार गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पताल ‘रिफर’ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

वडाध्यक्ष सहानीका अनुसार घाइते युवा श्रीमतीसहित तीन छोरासँगै गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =