निशाको स्वास्थ्यमा सुधार, संगीत थेरापी दिइँदै

काठमाडौं । कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी उपचार थालेको एक हप्तामा नै घिमिरे सुधार देखिन थालेको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क सल्लाहकार सोमनाथ बास्तोलाका अनुसार निशाको म्युजिक थेरापी र अन्य थेरापीको माध्यमबाट उपचार भइरहेको छ ।

‘थेरापीको असर देखिन थालेको र निशाले बोल्न प्रयास गर्न थालेको पनि उनले जानकारी दिए । चिकित्सकहरुका अनुसार निशा पहिला झैँ पूर्ण स्वस्थ हुने सम्भावना नरहे पनि सामान्य हिँड्डुल गर्न सक्ने, खाना खान र बोल्नसम्म सक्ने आशाका साथ उपचार भइरहेको छ ।

‘मुडो’ झैँ लडिरहेको शरीरमा ज्यान भर्ने प्रयास भइरहेको र प्रारम्भिक रुपमा सकारात्मक सुधारसमेत देखिकाले थप आशा जगाएको बाँस्तोला बताउँछन् ।

के भएको हो निशालाई ?
दुर्घटनामा परेकी निशालाई हेड र स्पाइनल इन्ज्युरी भएको अस्पतालले जनाएको छ । दुर्घटना भएको बेला सामान्य उपचार गरेर घरमै लगेर राखिएको थियो । तर उनलाई विसेक भएन । बरु शरीर अझ जीर्ण हुँदै गयो र उनी मुडो झैँ लडिरहने अवस्थामा पुगिन् । न बोल्न सक्ने न प्रतिक्रिया जनाउन सक्ने अवस्थामा रहेकी उनलाई अस्पतालले उद्धार गरी उपचार शुरु गरेको हो । पहिला नै राम्रोसँग थेरापी गराउन सकेको भए धेरै सम्भावना रहने भएपनि अब पनि सम्भव भएसम्मका प्रयास गरिने चिकित्सकले बताएका छन् । सङ्गीतको माध्यमबाट थेरापी सुरु गरिएको र यसले शरीरमा परिवर्तन देखिन थालेकाले आशा जगाएको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै बाँस्तोलाले बताए ।

No description available.

दुर्घटना हुनुअघि निशाले तीन दर्जन बढी म्युजिक भिडिओ, केही सिरियल र लघु चलचित्रमा काम गरेकी थिइन् ।

अभिनय सिक्न उनी २०७५ सालमा भारतको देहरादुन पुगेका बेला उनीलगायत ४ जना चढेको कार दुर्घटनामा परेको थियो । दुर्घटनापछि केही समय भारतमै उपचार गरेर उनको परिवारले निशालाई नेपाल ल्यायो । उपचार खर्च महंगो भएकाले उनलाई नेपाल ल्याइएको थियो । नेपाल ल्याएर ३ महिनासम्म वीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार गरिएको र उपचार खर्चको अभाव भएपछि २ वर्षयता भने उनलाई ललितपुरस्थित आफ्नै घरमा राखिएको थियो । उनको उपचारका लागि यसअघि नै ३० लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

उनका लागि सहयोग जुट्ने क्रम जारी छ । नर्भिक अस्पतालले निःशुल्क उपचार गराउने बताएको छ । एक हप्तामा नै उनको अवस्थामा सुधार समेत देखिएको छ ।
उनलाई भेट्न भनेर धेरै चलचित्रकर्मीहरू अस्पताल पुग्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *