‘द टेस्ट अफ सेलरोटी’ असार ७ गतेदेखि कौसी थिएटरमा

काठमाडौँ। कथा घेराको प्रस्तुति नाटक ‘द टेस्ट अफ सेलरोटी’ आगामी असार ७ गतेदेखि मञ्चन हुने भएको छ। लेखक, डिजाइनर तथा निर्देशक मिल्सन डी. चाम्लिङको परिकल्पनामा तयार भएको नाटक टेकुस्थित कौसी थिएटरमा नियमित मञ्चन हुन लागेको हो।

दुई कलाकारको अभिनयमा आधारित यस नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर प्रस्तुत गर्नेछ। नाटकमा मिथक, कला, विभिन्न भाषा तथा बोली र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका अनुभूतिलाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको छ।

नाटकमा कलाकारहरू वेदना राई र प्रयास बान्तवा राईको अभिनय रहनेछ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराईले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँचले तयार गरेका छन्।

थिएटरका अनुसार नाटक मङ्गलवार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिवार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।

मानवीय सम्बन्ध, बिछोड, शोक र आकाङ्क्षाका विषयवस्तुलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको ‘द टेस्ट अफ सेलरोटी’ ले दर्शकलाई समय र स्मृतिको यात्रामा लैजाने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =