रहेनन् जेबी टुहुरे

काठमाडौं । गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघातका कारण बयोधा अस्पतालमा भर्ना भएका टुहुरेको बिहीबार (आज) निधन भएको माओवादी पार्टी कार्यालयले पुष्टि गरेको हो ।

टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि साढे २ बजेसम्म  माओवादी पार्टी कार्यालय, पेरिसडाँडामा राखिने कार्यालयले जनाएको छ ।  टुहुरेले ‘आमा दिदी बहिनी हो’, ‘बसाइँ हिँड्नेको ताँतीले’,’छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरी हो’ ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै ’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार’ लगायत चेतना र समानताका दर्जनौँ गीत गाएका छन् । उनी लामाे समय बामपन्थी राजनीतिमा सक्रिय थिए ।

खास नाम जुठबहादुर खड्गी भएपनि उनले आफ्ना बुबाकाे निधन पछि नामबाट थर हटाएर टुहुरे लेख्न थालेका थिए । उनले आफ्नो पूरा नाम पनि छोटो रुपमा जेबी लेख्ने गर्थे ।

एक हप्तायता अस्पतालमा रहेका टुहुरेको उपचारकाे सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *