दर्शकको मागपछि नाटक ‘सेतो धरती’ पुनः मञ्चन हुँदै

काठमाडौँ। दर्शकको अत्याधिक मागपछि मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘सेतो धरती’ पुनः कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ। निर्देशक सुन्दर धितालका अनुसार नाटक असार १२ गतेदेखि १६ गतेसम्म विशेष प्रदर्शनीका रूपमा पुनः मञ्चन गर्न लागिएको हो।

२०६८ सालको मदन पुरस्कार प्राप्त लेखक अमर न्यौपानेको चर्चित उपन्यास सेतो धरती नेपाली साहित्यका सर्वाधिक लोकप्रिय कृतिमध्ये एक मानिन्छ। ताराको दृष्टिकोणबाट लेखिएको यस कृतिले नेपाली समाजमा विधवा महिलाले भोग्नुपरेका पीडा, विभेद र सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

फाइल फोटो
तस्बिर:- सरोज बस्नेत/मकालुखबर

अभिनेत्री बेनिशा हमालको रंगमञ्चीय डेब्यु रहेको यस नाटकमा सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरान दहनी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर र वर्षा भण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।

अभिनेत्री रेखा थापाको निर्माणमा तयार भएको यो नाटक यसअघि कान्तिपुर थिएटरमा २०८२ चैत २७ गतेदेखि २०८३ वैशाख १९ गतेसम्म मञ्चन भएको थियो। पहिलो चरणको प्रदर्शनमा दर्शकबाट उल्लेखनीय प्रतिक्रिया पाएपछि पुनः मञ्चन गर्न लागिएको निर्देशक धितालले बताए।

फाइल फोटो
तस्बिर:- सरोज बस्नेत/मकालुखबर

निर्धारित तालिकाअनुसार नाटक असार १२ गते शुक्रवार बेलुका ४ः१५ बजे मञ्चन हुनेछ। असार १३ र १४ गते क्रमशः शनिवार र आइतबार बिहान ११ः१५ बजे, दिउँसो १ः१५ बजे तथा बेलुका ४ः१५ बजे गरी तीन शो प्रस्तुत गरिनेछ। यस्तै असार १५ गते सोमबार र असार १६ गते मङ्गलवार बेलुका ४ः१५ बजे एक–एक शो मञ्चन हुने छ।

फाइल फोटो
तस्बिर:- सरोज बस्नेत/मकालुखबर

नेपाली साहित्यको चर्चित कथालाई रङ्गमञ्चमा उतारिएको ‘सेतो धरती’ पुनः प्रदर्शनले नाटक प्रेमी दर्शकलाई एक पटक फेरि भावनात्मक र यथार्थपरक कथा अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =