महतोले फेरि उठाए ‘बहुल राष्ट्रिय राज्य’को माग

काठमाडौँ । लोकतन्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पुनः ‘बहुल राष्ट्रिय राज्य’को कुरा उठाएका छन् ।

‘नेपाल बहुल राष्ट्रिय राज्य नै हो । तर, अबुझहरूले यो भन्दैनन्,’ सनाखत सकेर निर्वाचन आयोगबाट निस्किँदै गर्दा नेता महतोले भने ।

यसअघि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री भएका बेला ‘नेपाल बहुल राष्ट्र देश हो’ भन्ने अभिव्यक्ति दिएपछि महतो विवादमा तानिएका थिए ।

त्यसबेला उनले भनेका थिए‚ ‘देशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार पहिचान, सुशासन र समृद्धिको सवाल, बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने, यी कामहरू पार्टीको अजेण्डा हो। पार्टीको त्यो अजेण्डा पनि अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने, त्यसका लागि हामी सरकारमा सहभागी भएका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *