‘देउवालाई विश्वासको मत दिन्छौँ, ह्वीप लाग्दैन’
२०७८ साउन १ गते

काठमाडौं । विपक्षी एमाले नेता विरोध खतिवडाले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संस्थापन पक्षको शुक्रबार (आज) बसेको स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेपछि खतिवडाले यस्तो बताएका हुन् । ‘शेरबहादुर देउवाजीलाई विश्वासको मत दिन्छौँ,’ खतिवडाले मकालुखबरसँग भने— ‘हामीलाई ह्वीप लाग्दैन । सर्वोच्चले नै योबारे बोलिसकेको छ ।’
२०७८ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








