बालेन, रवि, स्वर्णिम र सुधनमाथि महेश बस्नेतको कडा कविता-व्यङ्ग्य

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले कवितामार्फत प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन किराँतीमाथि कडा राजनीतिक व्यङ्ग्य प्रहार गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा बस्नेतले एक कविता सार्वजनिक गर्दै उक्त व्यङ्ग्य प्रहार गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको ‘चुच्चे नक्सा’लाई बालेन नेतृत्वको सरकारले हटाएको आरोप लगाउँदै बस्नेतले उनीहरू विदेशी इशारामा चलेको दाबी गरेका छन् ।

यस्तो छ उनको कविता:

बालेन, रवि, स्वर्णिम र सुधन मिलेछन्,
ओलीले बनाएको चुच्चे नक्सा निलेछन् !
राष्ट्रवादको नारा उचाल्नेहरू,
आज विदेशी इशारामा चलेछन् !!
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =