मोटरसाइकलमा स्टन्ट गर्ने रास्वपाका माननीयलाई ट्राफिकले तिरायो जरिवाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले उनलाई रु पाँच सय जरिवाना तिराएको हो ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गुप्ताको उक्त स्टन्ट शैलीको भिडियो सार्वजनिक भएसँगै उनको आलोचना भएको थियो । ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको आलोचना गरेका थिए ।

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमासमेत मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =